आज कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।
आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको एक दुई स्थानमा चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म