राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छन् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९।८० को/वार्षिक प्रतिवेदन बुझ्दै उनले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताए ।
अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उनको धारणा थियो ।
राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पीडित बनेको बताउँदै भने,‘‘जहाँ जहाँ असुरक्षित बस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढी पहिरोबाट पीडित हुने दलित समुदाय नै छन् । तराईमा पनि डुबानबाट दलित समुदाय नै पीडित बन्दै आएका छन् ।’’
राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राखे ।
दलित अयोगका अध्यक्ष देवाराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची रहेको बताए । उनले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण