शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छन् : राष्ट्रपति  पौडेल

शुक्रबार, ०५ असोज २०८०, १५ : २५
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९।८० को/वार्षिक प्रतिवेदन बुझ्दै उनले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताए । 

अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उनको धारणा थियो । 

राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पीडित बनेको बताउँदै  भने,‘‘जहाँ जहाँ असुरक्षित बस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढी पहिरोबाट पीडित हुने दलित समुदाय नै छन् ।  तराईमा पनि डुबानबाट दलित समुदाय नै पीडित बन्दै आएका छन् ।’’ 

राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राखे  । 

दलित अयोगका अध्यक्ष देवाराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची रहेको बताए । उनले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप