जीवनलाई सुखमय बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन् । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले योगले ‘स्वस्थ मन’ बनाउने बताए ।
उनले भने, “जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता छ । ” चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे।
उनले अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ बनाउन सहयोग हुने बताए । आफुले थोरै प्रणायाम गर्दा पनि त्यो महसुस गरेको उनको भनाइ थियो ।
धन दौलत कमाएर, लोभ गरेर, आशक्तिमा बस्दा हाम्रो जीवनलाई कमजोर र दुखि बनाएको जनाउँदै उनले योगकै बाटो अनुशरण गरेर सुख खोज्नुपर्नेमा जोड दिए ।
समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको योग र ध्यान गर्ने निर्णयअन्तर्गत यो कार्यक्रम शुरुआत गरिएको जानकारी दिए । यो कार्यक्रमलाई प्रदेश र जिल्लामा समेत विस्तार गर्न लागिएको उनले बताए ।
उनले अपराध नियन्त्रण तथा सेवा दिने काम हुँदाहुँदै गृहअन्तरगतका निकायले आफ्नो कार्य क्षेत्रमा कामलाई सकारात्मक र प्रभावकारी बनाउनका लागि योगलाई प्राथमिकता दिएको जानकारी दिए । उनले प्रहरीको हकमा कुन बेला गर्ने भनेर योजना बनाउन बाँकी रहेको तर प्रशासनिक क्षेत्रमा अफिस समयको शुरुको १५ मिनेट योगाभ्यास गर्ने गरी योजना बनाइएको बताए ।
सुशासन अभियानका लागि पनि योग र ध्यानको अभ्यास जरुरी रहेको उनले बताए । उक्त अभियान अपराह्न ४ः३० सम्म योगाभ्यास, प्राणायम र उर्जा ध्यानलगायत कार्यक्रम जारी रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण