रिक्सा र म
मेरो घरमा एउटा पुरानु रिक्सा थियो
थोत्रो खिया लागेको आशा र भरोसा थियो
खासै नौलो त केही थिएन त्यो रिक्सामा
तर, रिक्सा आफैमा सबथोक थियो ।
मेरो रिक्सालाई रिक्सा मात्र भन्दा,
अपमान हुन सक्छ
दुःखी सर्वहाराको सहारा मेरो रिक्सा
थोत्रे, झुत्रे जे जस्तो भएता पनि,
मेरा लागि विलासी गाडी भन्दा पनि
निकै प्यारो थियो मेरो रिक्सा ।
रिक्साको ऐनामा म घरको गरिबी देख्थेँ
रिक्साको पाइडलले,
बुबाको मिहिनेत दर्शाउँथ्यो ।
तिनका पाटामा कोरिएका चित्रहरू
मेरा सपनाझैँ रङ्गीबिरङ्गी थिए ।
जसलाई साकार पार्न
रिक्साझैँ गन्तव्य देखाउने
एउटा आँटिलो दिलको जरुरत थियो ।
द्रुत गतिमा नगुडे पनि
मोटर गाडी जस्तो नकुदे पनि
आफ्नै शैलीमा रमाउने,
आफ्नै पौरखमा कमाउने,
मलाई बोकेर दिनहुँ सहर घुमाउने
मेरो रिक्सा
जो अहिले अस्तित्वको लडाइँ लड्दैछ ।
हो त्यहीँ रिक्सा,
आजकाल त्यहीँ रिक्साका यादहरू पनि
रिक्साझैँ पुराना भएका छन् ।
मनका कुनामा सजाएका ती पलहरूको
झझल्को आउँदा
जिन्दगीको सबै रहर त्यागेर
त्यही थोत्रे, पुरानो रिक्सामा
सारा सहर घुम्न मन लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण