काठमाडौँका विभिन्न स्थानमा लाखौँको चोरी
शनिबार, ०६ असोज २०८०, १६ : ५१

काठमाडौँ । काठमाडौँको तारकेश्वर र चन्द्रागिरि नगरपालिकामा लाखौँ बराबरको धनमाल चोरी भएको छ ।
तारकेश्वर नगरपालिका-७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका-३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई सुनका गरगहना र नगद समेत गरी करिब १ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको हो ।
यसैगरी चन्द्रागिरि नगरपालिका-१४ नैकाप प्रगति संगम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, विदेशी मुद्रा, नेपाली रुपैयाँ समेत गरी करिब ३७ लाख ४५ हजार १ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको जानकारी गएराति प्राप्त भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
-
कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरुको असन्तुष्टि
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
-
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा