प्यानल बनाए सबैको उम्मेदवारी खारेज गर्ने ओलीको चेतावनी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेश अधिवेशनमा प्यानल बनाएको थाहा पाए त्यो प्यानलका सबै उम्मेदवारहरुको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौँमा वागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकताबद्ध एमालेको नीति अनुसार अघि बढ्न सुझाव दिए । उनले मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने नहुने भन्दै भने, ‘मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने हुँदैन । मिल्नु सबैभन्दा ठुलो लोकतन्त्रको अभ्यास हो ।’
देश बनाउने र पार्टी एकजुट बनाउने कुरामा मिल्दा अलोकतान्त्रिक नहुने ओलीको भनाई छ । ‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ । लड्नुुस् । लड्न दिनुस्, स्वस्थ ढंगले लड्न दिनुस्’, ओलीले भने, ‘प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिँगै उम्मेदवारी पनि खारेज हुनसक्छ ।’
उनले अध्यक्ष मण्डललाई त्यो अथोरिटी राखेर काम गर्न पनि निर्देशन दिए । ‘प्यानलमा होइन व्यक्ति लड्छ । प्यानलाइज गर्ने र दुई भागमा विभाजन गर्ने खालका काम कसैले पनि नगरौ, बन्द गर्नुस्’, ओलीले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण