ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
सोमबार बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन –८४एमालेले एकल बहुमत ल्याउनकै लागि चलाइरहेको बताए ।
‘जोजो विरोधी हुन् उनीहरुले बुझे हुन्छ, सबै एकगठ भए हुन्छ । बाँकी कोही भए गठबन्धनमा आए हुन्छ । तर मिसन ८४ ले तपाईँहरूका सबै क्रियाकलापलाई जवाफ दिनेछ’, ओलीले भने, ‘एमालेले एकल बहुमत ल्याउँछ ।’
चुनावमार्फत एमालेले जवाफ दिने भन्दै उनले एमाले मरेको बिरालोजस्तो नभएर ज्युँदो बाघ भएर अघि बढ्ने बताए । ‘नेकपा एमाले मरेको बिरालो भएर होइन जिउँदो बाघ भएर अघि बढ्छ । राष्ट्रिय स्वाभिमानको झन्डा एमालेले तल झर्न दिँदैन’, उनले एमालेका नेता कार्यकर्तालाई पनि देशलाई यो दिन्छु भन्ने भावनाका साथ अघि बढ्न निर्देशन दिए । पत्रपत्रिकाले एमालेभित्र यो र त्यो उम्मेदवार भनेर प्रचार गरिरहेको भन्दै त्यसमा नलाग्न प्रदेश नेतृत्वका आकांक्षीहरुलाई अध्यक्ष ओलीले सचेत समेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण