केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्करीको सुन छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक महिनासम्म सुन तस्करीको व्यापक छानबिन गर्नुपर्छ भनेको एक महिनापछि मात्रै आयोग गठन गर्न तयार भएपनि विलम्ब गरिरहेको बताए ।
‘सय किलो सुन तस्करी गर्ने तस्करलाई चाहिएका बेला हाजिर हुन्छु भन्ने एक लाइनको कागज गराएर छोडिन्छ र सामान सबै लुकाउन लगाइन्छ’, ओलीको भनाई छ । उनले सरकारले आफैं तस्कर भगाउने र पर्सिपल्ट रित्ता वाकस मात्र भेटेको भनेर प्रचार गरेको पनि बताए । यसैगरी विलम्ब गर्ने र तस्करीको सुन छानबिन नै गर्न नहुने पक्षमा सरकार पुगेको ओलीको भनाइ छ ।
‘सरकार तस्करीको सुन छानबिन गर्नुहुँदैन भनिरहेको छ । पछि भविष्यमा कस्तो कानुन ल्याउने भन्ने सिफारिस गर्छ आयोगले तर छानबिन गर्न हुँदैन भनेर सरकार भनिरहेको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । सय किलो सुन भनेर एक महिनाभन्दा बढि समाचार पढेको र सुनेको तर पछि ६१ किलोमात्रै भएको भन्दै ३९ किलो सुन कहाँ गयो ? भन्दै उनले प्रश्न गरे ।
त्यस्तै उनले भेपमा ल्याएको नौ किलो सुन समेत कहाँ गयो भनेर प्रश्न गर्दै सुनमा भरिया समातेर नहुने र लगानी गर्ने व्यापारी समात्नुपर्ने बताए । उनले सुन तस्करीकै लागि सात वर्षअघि नागरिकता दिएर सुन तस्करीको तयारी गरेको पुष्टि भएको बताए । उनले छानबिन नगर्ने र सुझाव दिनेमात्र आयोग किन चाहियो भन्दै धेरै सय किलो सुन तस्करी भएको र त्यो तस्करी कुनै ख्याल ठट्टा नभएकाले कुनैपनि समयमा छानबिन गरेरै छाड्ने बताए ।
उनले ललिता निवास प्रकरणमा पैसा हालेर किन्नेलाई मुद्दा हाल्ने तर सरकारी सम्पति जानीजानी आफ्नो नाममा पार्नेलाई मुद्दा लगाएर चोखो क्रान्तिकारी बन्न खोजेको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण