महासमिति बैठकका लागि कांग्रेसले बनायो चार समिति
काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ। बिहीबारदेखि (शनिबार बाहेक) सोमबारसम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको महामन्त्री गगन थापाले रातोपाटीलाई बताए ।
उनका अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति र उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको छ । यस्तै महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको छ ।
महासमिति बैठकका लागि आवश्यकताअनुसार थपि समिति बनाउने अधिकार सभापतिले बैठकले दिएको थापाले बताए । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ ।
बैठकले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा शुक्रबार गरेको निर्णयलाई लिपिबद्ध गर्ने छ । कांग्रेसले शिक्षा विधेयकमा संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता जनाएको थियो ।
साउन पहिलो साता बसेको बैठकले सरकारलाई दिएको सुझाव कार्यान्वयन नभएकोबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संविधान कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा अविलम्ब गर्ने कांग्रेस बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै प्रदेशहरुमा मन्त्रालय नबढाउन निर्देशन गर्ने निर्णय भएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण