बैठकमा गगनको जवाफ : देश संकटमा होइन हाम्रो जिम्मामा छ
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मा भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको बरू आफूहरूको जिम्मामा रहेको बताए ।
‘हामीले जति असामन्य भने पनि, देशको स्थित संकटपूर्ण छ भने पनि । त्यसो भए देश संकटमुक्त कहिले हुन्छ ? तीनै तहका सरकारमा हामी अनि देश संकटमा छ भन्ने ? देश संकटमा छैन, हाम्रो जिम्मामा छ,’ उनले भने ।
नेताले प्रतिबद्धता गरेअनुसार कामकारबाही भए वा नभएकोबारे जनताले प्रत्येक दिन मूल्यांकन गरिरहेको पनि थापाले बताए । ०४८ को चुनावपछि कांग्रेस सरकारमा गएको र नेताहरूका व्यवहारका बारेमा जनताले प्रश्न गरेको बताए । नागरिकले नेताहरूका व्यवहार र निष्ठाका बारेमा प्रश्न गरेको उनको भनाइ छ ।
नेताहरूले केन्द्रीय कार्यसमितिको बैठकमा संघीयतामाथि प्रश्न उठेपछि जवाफमा महामन्त्री थापाले संघीयतालाई अरूले बोकाइदिएको भारीका रूपमा लिन नहुने बताए ।
महामन्त्री थापाले महाधिवेशनबाटै देशलाई संघीयतालाई लैजाने निर्णय गर्ने कांग्रेस नै पहिलो पार्टी भएको बैठकमा स्मरण गराए ।
‘संघीयता ठीक ढंगले चलिरहेको छैन, सुधार गरौँ भन्ने कुरा ठीक छ । तर योचाहिँ अरू कसैले बोकाइदिएको भारी हो भनेर यस्तो भारी हामी बोक्न सक्दैनौँ भनेर उम्किने मिल्दैन, यो नैतिकताको कुरा हो,’ उनले भने ।
त्यस्तै सभापति देउवाको कार्यशैलीमाथि पनि उनले प्रश्न उठाए । गुटबन्दी भयो भन्नेहरूले सभापतिलाई सबैको साझा बन्न सुझाव नदिएको भन्दै आपत्ति पनि जनाए।
त्यस्तै उनले शिक्षकहरू चाहेको समयमा पार्टी राजनीतिमा आउनुपर्ने वातावरण बनाउनुपर्ने पनि बताए । अहिले शिक्षकहरूले राजनीति गर्दा झोले भन्ने आरोप खेप्नु परेको टिप्पणी पनि गरे।
‘शिक्षक संघमा भएका साथीहरूले यति राम्रो विद्यालय खोल्नुभएको छ । तर, दलको झोले भनेर आरोप खेप्नु परेको छ । कतिपय कमजोरी पनि छन्,’ उनले भने, ‘शिक्षक भएर पार्टी राजनीति गर्न सम्भव छैन । पार्टी राजनीतिमा आउँछु भन्दै गर्दा शिक्षक साथीहरूले शिक्षक पेशा छोडे भनेर छोडेको दिन राजनीतिमा आउने ढोका खोल्नुपर्छ । आएर सांसद बन्देऊ, स्थानीय तह चलाइदेऊ भन्नुपर्छ ।’
शिक्षकलाई दलको कार्यकर्ता बनाएर शिक्षकका आधारमा समाजमा पार्टीको गतिविधि गर्न नलगाइ शिक्षकले आर्जन गरेको कुरा पार्टीमा जोड्ने गरी राजनीतिमा ल्याउनुपर्ने थापाको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण