हाम्रा गतिविधिले पार्टीलाई अँध्यारोतिर धकेलिरहेको छ : शशाङ्क कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाले गुटगत गतिविधिले पार्टीलाई अँध्यारोतिर धकेलिरहेको बताएका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै गुटले पार्टीलाई बलियो नबनाउने बताए ।
तल्ला तहका कार्यकर्ताको सुझाव र भावनाबमोजिम पार्टीमा निर्णय गर्ने अभ्यास बसाउनुपर्ने उनको भनाइ थियो । ‘हाम्रै गतिविधिले पार्टीको भविष्यलाई अँध्यारोमा धकेलिरहेको छ । पार्टीमा अनावश्यक रुपमा ग्रुपिजम छ । ग्रुपिजम त अधिवेशनमा हुनुपर्ने हो । तर पार्टीभित्र सधैँ ग्रुपिजम हुन थाल्यो । यसले पार्टीलाई राम्रो गरिरहेको छैन,’ उनले भने ।
अब पार्टीको निर्णय प्रक्रिया समावेशी र तल्ला तहका कार्यकर्ताको मनोभावना बमोजिम हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जिल्ला सभापतिको मात्रै सुझाव लिएर पनि पुग्दैन, क्षेत्रीय तहबाट सुझाव लिएर निर्णयमा पुग्नुपर्छ ।’
उनले पार्टीका भ्रातृ संस्थाहरू सक्रिय नहुँदा पार्टी र जनता बीचमा खाडल परेको बताए । ‘नेविसंघमा बल्ल तदर्थ समिति बनेको छ । अरू पनि बन्दैछन् । लामो समयदेखि अधिवेशन भएको छैन । दलित संघको १२—१३ वर्षदेखि अधिवेशन नै भएको छैन । यस्तो भएपछि पार्टीमा आकर्षण कसरी हुन्छ ?,’ उनको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण