आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रा गतिविधिले पार्टीलाई अँध्यारोतिर धकेलिरहेको छ : शशाङ्क कोइराला

सोमबार, ०८ असोज २०८०, १७ : १०
सोमबार, ०८ असोज २०८०

काठमाडौँ  । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाले गुटगत गतिविधिले पार्टीलाई अँध्यारोतिर धकेलिरहेको बताएका छन् ।  केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै गुटले पार्टीलाई बलियो नबनाउने बताए ।

तल्ला तहका कार्यकर्ताको सुझाव र भावनाबमोजिम पार्टीमा निर्णय गर्ने अभ्यास बसाउनुपर्ने उनको भनाइ थियो । ‘हाम्रै गतिविधिले पार्टीको भविष्यलाई अँध्यारोमा धकेलिरहेको छ । पार्टीमा अनावश्यक रुपमा ग्रुपिजम छ । ग्रुपिजम त अधिवेशनमा हुनुपर्ने हो । तर पार्टीभित्र सधैँ ग्रुपिजम हुन थाल्यो । यसले पार्टीलाई राम्रो गरिरहेको छैन,’ उनले भने ।

अब पार्टीको निर्णय प्रक्रिया समावेशी र तल्ला तहका कार्यकर्ताको मनोभावना बमोजिम हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जिल्ला सभापतिको मात्रै सुझाव लिएर पनि पुग्दैन, क्षेत्रीय तहबाट सुझाव लिएर निर्णयमा पुग्नुपर्छ ।’

उनले पार्टीका भ्रातृ संस्थाहरू सक्रिय नहुँदा पार्टी र जनता बीचमा खाडल परेको बताए । ‘नेविसंघमा बल्ल तदर्थ समिति बनेको छ । अरू पनि बन्दैछन् । लामो समयदेखि अधिवेशन भएको छैन । दलित संघको १२—१३ वर्षदेखि अधिवेशन नै भएको छैन । यस्तो भएपछि पार्टीमा आकर्षण कसरी हुन्छ ?,’ उनको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप