तान्जानियाले धानबाली जोगाउन लाखौं पङ्क्षी मार्यो
तान्जानिया । तान्जानियाले धानखेत नष्ट हुन नदिन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी लाखौँ क्वेलिया (रातो चुच्चो भएको भँगेराजस्तै देखिने ठूलो समूहमा घुम्ने पङ्क्षी) चरा मारेको तान्जानियाका बोटबिरुवा र कीटनाशक औषधि निगरानी निकायले बुधबार जनाएको छ ।
मरुभूमिको सलह नियन्त्रणको लागि पनि जिम्मेवार तान्जानिया बोटविरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण (टीपीएचपीए) ले गत हप्ता लगभग एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको थियो ।
“हामीले ५० लाख विनाशकारी चराको झुण्ड मारेका छौँ र अब हामी अन्य क्षेत्रको निगरानी गरिरहेका छौँ,” टीपीएचपीएका कार्यवाहक महानिर्देशक जोसेफ नन्डुन्गुरुले एएफपीसँग भने ।
ठूला बगालमा ओहोरदोहोर गर्ने स–साना रातो चुच्चो भएका चराहरू बाली नाश गर्नका लागि कुख्यात छन् र सेप्टेम्बर र अक्टोबरमा सुख्खा यामको सुरुआतमा यिनीहरूको बिगबिगी हुने गर्छ ।
उत्तरी तान्जानियामा धानखेतमा क्षति पुर्याउनुअघि चार दिनसम्म हवाई आक्रमण गरी चराको झुण्डलाई निशाना बनाइएको एनडुनगुरुले बताए ।
अहिले अन्य क्षेत्रमा हवाई निगरानी भइरहेको उनले बताए ।
टिपिएचपीएका अनुसार यी चराको समूहले एकै दिनमा ५० टनभन्दा बढी अन्नबाली नष्ट गर्न सक्छ ।
क्वेलिया चराहरू संसारमा सबैभन्दा धेरै प्रजातिका चराहरू मानिन्छन्, अफ्रिकाभरका सरकारहरूले विगतमा तिनीहरूलाई नियन्त्रण गर्न हवाई र जमीनी प्रयासहरू सुरु गरेका थिए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण