राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा बिकिन र सविता सर्वोत्कृष्ट
काठमाडौँ । बिकिन जोशी र सविता ह्यान्जु नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको ‘राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता’ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । जोशी र ह्यान्जुले जनही ३७ हजार पाँच सय रुपैयाँ नगद र ट्रफी पनि प्राप्त गरेका छन् । उनीहरुको नेपालको स्ट्रङ्गेस्ट पावर लिफ्टर पनि घोषित भएका छन् ।
दुई दिने प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्स गरि चारवटा विधाका ११ वटा स्पर्धा समावेश गरिएको थियो । पुरुष खुलाको ६२ केजी तौलसमूह मुनि निमेष चुकान पहिलो, बलबहादुर सुनार दोस्रो र दिनेश सिख्राकर तेस्रो भए ।
पुरुष ६२.१ देखि ६९ केजी समूहमा बिकिन जोशी पहिलो, विक्रम थापा दोस्रो र विकास गुरुङ तेस्रो भएका थिए । ६९.१ देखि ७७ केजीमा रविन राई पहिलो, विजु लामा दोस्रो र विजय प्रजापति तेस्रो भएका थिए ।
यसैगरी ७७.१ देखि ८५ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, राजिव श्रेष्ठ दोस्रो र अर्जुन श्रेष्ठ तेस्रो भए । ८५ केजीभन्दा माथिको तौल समूहमा ओजस जोशी पहिलो, मनोज श्रेष्ठ दोस्रो र मनिष शाक्य तेस्रो भएका थिए ।
यसैगरी महिला खुला विधाअन्तर्गत ५८ केजी तौल समूहमा सविता ह्यान्जु पहिलो, आश्मा श्रेष्ठ दोस्रो र नेहा रय तेस्रो भए । ५८.१ देखि ६४ केजीमा पुनम बोम्जन पहिलो, एनी दर्जी दोस्रो र एली लिम्बु तेस्रो भएका थिए ।
महिला ६४ केजीभन्दा माथिको तौल समूहमा शर्मिला शाह पहिलो, जुनु महर्जन दोस्रो र मनुकला राई तेस्रो भएका थिए । जुनियरअन्तर्गत २१ वर्षमुनिको उमेर समुहबीचको खेलमा जेम्स (बिप्लव) पहिलो, राजिव खड्का दोस्रो र सुधीर श्रेष्ठ तेस्रो भएका थिए ।
यसैगरी मास्टर्स पुरुष ४५ वर्ष उमेरसमूहभन्दा माथि ताराबहादुर थापाक्षेत्री पहिलो, रोशन मानन्धर दोस्रो र दिलेन्द्र महर्जन तेस्रो भए । मास्टर्स महिला ४० वर्षभन्दा माथिको उमेर समूहमा लक्ष्मी महर्जन पहिलो, पूजा प्रधान दोस्रो र माया मगर तेस्रो भए ।
प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्सअन्तर्गतको प्रत्येक समूहको खेलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
सबैभन्दा बढी अंक प्राप्त गर्न सफल गो फिट भक्तपुरले नेपालको स्ट्रोङ्गेस्ट क्लब—२०२३ को उपाधि प्राप्त गर्न सफल भयो । प्रतियोगितामा देशभरबाट एक सय ६४ जना खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीलाई सांसद गगनकुमार थापालगायतले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण