सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

महोत्तरीबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

बिहीबार, ११ असोज २०८०, १६ : ४९
बिहीबार, ११ असोज २०८०

महोत्तरी । जिल्लाको सोनमा गाउँपालिका–५ खयरबनी चोकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई बुधबार बेलुकी प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

महतोको साथबाट पेस्तोलसहित १ राउण्ड गोली, २ थान किला उक्काउने रड , १ थान पेचकस र एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा महतोलाई पक्राउ गरिएको हो ।

साथै बिआर ५५ ए २७२५ नम्बरको अर्का मोटरसाइकल चालक भने फरार रहेको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप