अमेरिकामा टर्यो ‘सटडाउन’को सङ्कट, अन्तिम समयमा सम्झौता
आइतबार, १४ असोज २०८०, ०९ : ४७
वासिङ्टन । अमेरिकामा फेडेरल सटडाउनको सङ्कट हाललाई टरेको छ । अमेरिकी संसद्को दुवै सदनमा सङ्कट टार्न सहमति बनेको हो ।
सरकारी कामकाज चलाउन आवश्यक खर्चलाई नोभेम्बरको मध्यसम्मका लागि अनुमति मिलेको हो । यसमा युक्रेनका लागि नयाँ सहयोगको खर्च भने सामेल छैन ।
सिनेटमा सटडाउनको सङ्कट टार्नका लागि ल्याइएको नयाँ विधेयकले ८८ मत प्राप्त गर्दै पारित भएको थियो । ४५ दिनका लागि जरुरी खर्चको व्यवस्था गर्ने विधेयकलाई सदनका सभामुख केभिन म्याकार्थीले प्रस्तावित गरेका थिए ।
विधेयकमा राष्ट्रपति हस्ताक्षर गरेसँगै फेडेरल सेवामा गतिरोधको आशङ्का समाप्त हुनेछ । सटडाउनको स्थितिमा हजारौँ फेडेरल कर्मचारीलाई बिना तलब घरमा बस्न भन्न सकिन्थ्यो । योसँगै सरकारी सेवा ठप्प हुने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण