मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा टर्‍यो ‘सटडाउन’को सङ्कट, अन्तिम समयमा सम्झौता

आइतबार, १४ असोज २०८०, ०९ : ४७
आइतबार, १४ असोज २०८०

वासिङ्टन । अमेरिकामा फेडेरल सटडाउनको सङ्कट हाललाई टरेको छ । अमेरिकी संसद्को दुवै सदनमा सङ्कट टार्न सहमति बनेको हो ।

सरकारी कामकाज चलाउन आवश्यक खर्चलाई नोभेम्बरको मध्यसम्मका लागि अनुमति मिलेको हो । यसमा युक्रेनका लागि नयाँ सहयोगको खर्च भने सामेल छैन । 

सिनेटमा सटडाउनको सङ्कट टार्नका लागि ल्याइएको नयाँ विधेयकले ८८ मत प्राप्त गर्दै पारित भएको थियो । ४५ दिनका लागि जरुरी खर्चको व्यवस्था गर्ने विधेयकलाई सदनका सभामुख केभिन म्याकार्थीले प्रस्तावित गरेका थिए ।

विधेयकमा राष्ट्रपति हस्ताक्षर गरेसँगै फेडेरल सेवामा गतिरोधको आशङ्का समाप्त हुनेछ । सटडाउनको स्थितिमा हजारौँ फेडेरल कर्मचारीलाई बिना तलब घरमा बस्न भन्न सकिन्थ्यो । योसँगै सरकारी सेवा ठप्प हुने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप