गगनको प्रश्न : यो सरकार चाहिँ हो कसको ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको सरकार जबाफदेही नहुने स्थिति बनेको बताएका छन् ।
कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा थापाले भने, ‘यो सरकार चाहिँ हो कसको ? ८० सालमा सरकार चलाउने ८४ सालमा उत्तर दिने बेला एक जना पनि हुँदैन । सरकार भनेको जबाफदेही हुनुपर्छ । चुनावमा जाँदा सरकारले राम्रो गर्यो कि नराम्रो गर्यो भन्न अलमल हुन्छ ।’
८४ सालको चुनावमा गठबन्धन नहुने भन्दै सरकारका कामबारे अलमल हुने महामन्त्री थापाको भनाइ थियो । ‘८४ सालको चुनावमा गठबन्धन हुँदै हुँदैन । यो लेखेर राख्नुहोस् । कसैले गठबन्धन गर्छु भन्यो भने बहसै गर्नुपर्दैन । त्यो बहसमा कांग्रेस प्रवेश गर्न पनि पाउँदैन । त्यो सकियो । ८४ मा कांग्रेस र माओवादीका बीचमा पनि चुनाव हुन्छ,’ उनले भने, ‘पाँच वर्षपछि सरकारले राम्रो काम गर्यो भनेर घोषणापत्रमा कसले लेख्ने ? अहिले हामी सरकारले केही नै गरेन भन्दै छौँ । हाम्रो भागमा प्रधानमन्त्री आएका बेला उसले (माओवादी) पनि केही गरेन भन्छ । सबै जोड्दा चार केही भएन भन्ने निष्कर्ष निस्किने भयो । यसको जिम्मा कसले लिन्छ ?’
उनले गठबन्धनभित्र नयाँ बहस चलाउनुपर्ने पनि बताए । ‘यो दुई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिऔँ । कांग्रेसका मन्त्री फिर्ता बोलाऔँ । फ्ओलरबाट समर्थन जनाऔँ । असहमति जनाउने ठाउँमा असहमति जाने सहमति जनाउने ठाउँमा सहमति जनाउने सरकार उहाँहरुले चलाउनु हुन्छ,’ थापाको प्रस्ताव छ, ‘त्यसपछिको दुई अढाई वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ । कांग्रेसले एक्लै चलाउँछ । त्यो एक्लै चलाउँदाको जस पनि कांग्रेस एक्लैले लिन्छ । अपजस पनि कांग्रेसले लिन्छ । यो कुरा प्रदेशमा सोच्चौं ।’
महामन्त्री थापाले नेपाली समाजले आज आत्मविश्वास गुमाएको पनि बताए । ‘त्यो आत्मविश्वासलाई नेपाली समाजमा फेरि पुनर्स्थापित गर्ने कांग्रेसको धर्म हो । एउटा आशा चाहियो, एउटा भरोसा चाहियो । त्यो आशा र भरोस दिन सक्नुपर्यो नेपाली कांग्रेसले । अहिलेको परिस्थितिमा नेपाली काँग्रेस अडिने ठाउँ कहाँ हो ? यसबारे महासमिति बैठकमा खोज्नुपर्ने छ ,’ उनले भने ।
महामन्त्री थापाले वर्तमान संविधानको विकल्प खोज्ने काम भए एउटा अर्को पुस्ता जाने खतरा औँल्याए । ‘हामी सचेत हुनुपर्छ । संविधान निष्ठाको कुरा हो । यो संविधान हामीले बनाएको हो । योभित्र अनेकन विकल्प छन् । हामी विकल्प खोज्छौँ । यसलाई मिलाएर जान्छौँ भन्ने कुराको भर कांग्रेसले दिनुपर्छ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
‘सम्झौता भएका ४६ परियोजना ५ वर्षभित्रमा कार्यान्वयन हुन्छ’
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार
-
शक्तिशाली सरकारलाई फेसबुक र एक्सले टेरेनन्ः चार वटा मात्रै सूचीकृत