बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्राविधिक रुपमा प्रधानमन्त्री प्रचण्ड भएपनि सरकारको नेतृत्व कांग्रेसको हो : नेता बडू

आइतबार, १४ असोज २०८०, २० : ०७
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्राविधिक रुपमा प्रधानमन्त्री प्रचण्ड भएपनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताएका छन् । 

आइतबार कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारको नेतृत्व कांग्रेसको रहेकाले जनतालाई आशा जगाउने गरी काम गर्नु आवश्यक रहेको बताए । उनले पछिल्लो सरकारको नेतृत्व पनि कांग्रेसले नै गरेको भन्दै अहिलेको सरकारमा पनि सबैभन्दा ठूलो हिस्सा रहेको बताए । उनले सरकारको नेतृत्वमा भएर पनि राम्रो काम गर्न सकेनौं भने काँग्रेसलाई जनताले नपत्याउने उल्लेख गरे । 

नेता बडूले गठबन्धनको कारणले पनि सरकारमा हुँदा काम गर्न अप्ठ्यारो हुने गरेको स्मरण गरे । उनले मुलुकको आर्थिक अवस्था जर्जर रहेको बताए । उनले मुलुकका युवाहरु निराश मन लिएर खाडी मुलुक गइरहेका छन् तर सरकार हेरेर मात्रै बसेको बताए । उनले कांग्रेस सरकारमा छ तर जनतालाई निराशाबाट जगाउन र रोजगारी सिर्जना गर्ने काम के ग¥यो भन्दै प्रश्न गरे । उनले अहिले पनि जनताले आशा गरेको पार्टी कांग्रेस नै भएको दाबी गरे । 

नेता बडूले पछिल्लो समय जनताले नेताको भाषणमा अविश्वास गर्ने क्रम बढी रहेको बताए । उनले कांग्रेसको २०७९/०८०को आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्र बनाउने मुख्य नारा रहेको बताए । उनले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, आयात कमी गर्ने र सरकारले चलाएर पनि चलाउन नसकेर बन्द भएका बन्द उद्योगहरुलाई पुनः सञ्चालन गर्ने योजना पनि रहेको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप