युक्रेनलाई अमेरिकाको बाचा, बजेटमा व्यवस्था नभए पनि सैन्य सहयोग जारी रहने
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग जारी राख्ने वाचा गरेका छन् । अमेरिकी संसद्मा शटडाउन रोक्नका लागि पारित गरिएको बिलमा युक्रेनको मद्दतका लागि सैनिक कोषको कुनै व्यवस्था छैन ।
तर जो बाइडेनले युक्रेनले अहिले पनि अमेरिकाको मद्दतको आशा राख्न सक्ने बताएका छन् । उनले भने, ‘हामी कुनै पनि हालतमा युक्रेनलाई अमेरिकी सहयोग रोक्न सक्दैनौँ ।’
अमेरिकाले फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको हमलापछि हालसम्म ४६ अर्ब डलरको सैन्य सहयोग प्रदान गरिसकेको छ । सङ्घीय शटडाउन रोक्न अमेरिकी संसद्मा अन्तिम समयमा पारित भएको विधेयकमा युक्रेनलाई प्रस्तावित ६ अर्ब डलरको सैन्य सहायता समावेश गरिएको थिएन ।
शटडाउन रोक्न बिल पारित नहुँदा सङ्घीय सरकारको कामकाज रोकिन्छ । बजेट अभावका कारण सङ्घीय सरकारको प्रशासनिक कामकाज र सेवा ठप्प हुन्थ्यो र हजारौँ कर्मचारी तलब नलिई घरमै बस्नुपर्दथ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण