मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनलाई अमेरिकाको बाचा, बजेटमा व्यवस्था नभए पनि सैन्य सहयोग जारी रहने

सोमबार, १५ असोज २०८०, ०९ : ५९
सोमबार, १५ असोज २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग जारी राख्ने वाचा गरेका छन् । अमेरिकी संसद्‌मा शटडाउन रोक्नका लागि पारित गरिएको बिलमा युक्रेनको मद्दतका लागि सैनिक कोषको कुनै व्यवस्था छैन ।

तर जो बाइडेनले युक्रेनले अहिले पनि अमेरिकाको मद्दतको आशा राख्न सक्ने बताएका छन् ।  उनले भने, ‘हामी कुनै पनि हालतमा युक्रेनलाई अमेरिकी सहयोग रोक्न सक्दैनौँ ।’

अमेरिकाले फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको हमलापछि हालसम्म ४६ अर्ब डलरको सैन्य सहयोग प्रदान गरिसकेको छ । सङ्घीय शटडाउन रोक्न अमेरिकी संसद्‌मा अन्तिम समयमा पारित भएको विधेयकमा युक्रेनलाई प्रस्तावित ६ अर्ब डलरको सैन्य सहायता समावेश गरिएको थिएन ।

शटडाउन रोक्न बिल पारित नहुँदा सङ्घीय सरकारको कामकाज रोकिन्छ । बजेट अभावका कारण सङ्घीय सरकारको प्रशासनिक कामकाज र सेवा ठप्प हुन्थ्यो र हजारौँ कर्मचारी तलब नलिई घरमै बस्नुपर्दथ्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप