‘ओलीतन्त्र’ विरुद्ध उभिए एमाले कार्यकर्ता

काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।
चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा अनेरास्ववियुबाहेक प्रायः सबै जनवर्गीय संगठनको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मतको बाटो अपनाएर प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो ।
प्रदेश अधिवेशनमा पनि पार्टी अध्यक्ष ओलीले सकेसम्म प्रतिस्पर्धालाई भन्दा सर्वसम्मतको विधि अपनाउन निर्देशन दिएका थिए । तर लुम्बिनी प्रदेशमा त्यो विधि उल्लंघन भई आन्तरिक प्रतिस्पर्धा सुरु भयो । भदौ १५ देखि १८ सम्म भएको प्रदेश अधिवेशनमा प्रस्टसँग दुई जनाबीच प्रतिस्पर्धा भयो ।
पाल्पाका पूर्वसांसद एवं सोही प्रदेशका निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । पार्टीको मूल नेतृत्व ओली र महासचिव शंकर पोखरेलको साथ रिजाललाई भए पनि कँडेलले जित हात पारेका थिए ।
लुम्बिनीले त्यस किसिमको प्रतिस्पर्धालाई औपचारिक रूप दिएपछि वाग्मती प्रदेश, कोसी प्रदेश र कर्णाली प्रदेशमा पनि आन्तरिक प्रतिस्पर्धा भयो । वाग्मतीमा पार्टीको मूल नेतृत्वले चाहेको उम्मेदवारले जित्ने वातावरण तयार नहुँदासम्म निर्वाचन प्रक्रिया नै अघि बढाइएन ।
‘सकेसम्म पार्टीको मूल नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत बनाउन नसके निर्वाचन हुँदा पनि उनको पक्षमा माहोल नबन्दासम्म निर्वाचनको प्रक्रिया नै अघि नबढाउने अघोषित नीति लिन थालियो,’ एमालेका एक पदाधिकारीले भने । उनका अनुसार वाग्मतीमा पनि यही अवस्था आयो । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेरी ब्राण्ड सीतारामको अफरका विजेताहरु घोषणा
-
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बीच क्यासलेस इन्स्योरेन्स सम्झौता
-
प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु
-
सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
-
प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा