योगेन्द्र स्मृति कपको तयारी अन्तिम चरणमा
काभ्रे । पनौती नगरपालिकामा असोज २० देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृतिमा असोज २० देखि कात्तिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा यो खेल आयोजना गर्न लागिएको आयोजक सदस्य प्रतीक महतले जानकारी दिए ।
महतका अनुसार प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका गरी जम्मा २२ टिमले सहभागिता जनाउनेछन् । जसमा १८ टिम सम्पर्कमा आइसकेका महतले बताए ।
महतका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, इमर्जिक खेलाडी, हाई स्कोरर र उत्कृष्ट कोलकिपरको लागि पनि ट्रफी, मेडल सहितको पुरस्कारको व्यवस्था रहेको आयोजक समूहले बताएको छ ।
प्रतियोगिताको अनुमानित लागत ११ लाख रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण