सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका : केभिन म्याकार्थीलाई सभामुख पदबाट हटाइयो

बुधबार, १७ असोज २०८०, ०९ : ४१
बुधबार, १७ असोज २०८०

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पदबाट केभिन म्याकार्थीलाई हटाइएको छ । सदनमा भएको मतदानमा उनको विपक्षमा २ सय १६ र समर्थनमा २ सय १० मत परेको थियो ।

धेरै विश्लेषकहरूले केही डेमोक्र्याट सांसदहरूले म्याकार्थीको पक्षमा मतदान गर्लान् भनेर सोचेका थिए तर त्यसो हुन सकेन । पार्टीका शीर्ष नेतामा समावेश ज्यामी रास्किनले भने, ‘यो हाम्रो अगाडि सबैभन्दा स्पष्ट विकल्पमध्ये एक थियो ।’

त्यसपछि सभामुख पद रिक्त भएको घोषणा गरिएको थियो ।

यस क्रममा धेरै रिपब्लिकन सांसदले उनी भए ठाउँ गएर हात मिलाएका थिए । उनलाई पदबाट हटाउने पक्षमा मतदान गर्ने २१६ सांसदमध्ये आठ रिपब्लिकन सांसद पनि छन् । उनको समर्थनमा मतदान गर्ने २१० सांसदहरू सबै रिपब्लिकन पार्टीका हुन् ।

यसलाई फ्लोरिडा रिपब्लिकन सांसद म्याट गेट्जको जितका रूपमा हेरिएको छ । गेट्जले लगातार उनी विरुद्ध बयान दिइरहेका थिए ।

नर्थ क्यारोलाइना प्याट्रिक म्याकहेनरी हाल अस्थायी सभामुख निर्वाचित भएका छन् । पदबाट हटाइएपछि पत्रकार सम्मेलनमा म्याकार्थीले भने, ‘तपाईंहरु सबैलाई थाहा छ कि यो निजी रूपमा ध्यान आकर्षित गर्नका लागि गरिएको हो, यसको खर्चसँग कुनै सम्बन्ध छैन ।’ उनको निशाना स्पष्ट रूपमा गेट्सतर्फ थियो ।

म्याकार्थीले डेमोक्र्याटिक पार्टीको सहयोगले शटडाउनबाट बच्नका लागि खर्चसँग सम्बन्धित बिल पारित गराए । त्यसपछि रिपब्लिकन पार्टीका सदस्यहरू पनि उनीसँग रिसाएका थिए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप