भारतद्वारा क्यानडाका ४० कूटनीतिज्ञलाई फिर्ता बोलाउन आग्रह
नयाँ दिल्ली । भारत र क्यानडाबिचको तनाव झनै बढ्ने देखिएको छ । भारतले क्यानडाका ४० जना कूटनीतिज्ञलाई फिर्ता बोलाउन आग्रह गरेको हो ।
फाइनान्सियल टाइम्सका प्रकाशित रिपोर्टका अनुसार १० अक्टोबरबाट भारतमा बस्नेहरूले कूटनीतिज्ञको मान्यता नपाउने उल्लेख गरिएको छ । गत महिना क्यानडामा भएको खालिस्तानी नेताको हत्यामा भारतको संलग्नता रहेको आरोप प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएपछि दुई देशबिचको सम्बन्ध चिसिएको हो ।
यस विषयमा भारतीय विदेश मन्त्रालयका अधिकारीले प्रतिक्रिया दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ । अटोवामा रहेका भारतीय कूटनीतिज्ञको तुलनामा भारतमा क्यानडाका धेरै कूटनीतिज्ञहरू रहेका छन् ।
मंगलबार मात्र प्रधानमन्त्री ट्रुडोले आफू भारतसँग तनाव बढाउने पक्षमा नरहेको बताएका थिए । ‘हामी भारत सरकारसँग निकै जिम्मेवार र सिर्जनात्मक ढंगले सम्पर्क अघि बढाउँछौँ,’ उनले भनेका थिए ।
ऐतिहासिक रूपमा भारत र क्यानडाबिच राम्रो सम्बन्ध रहँदै आएको थियो । गत १८ जुनमा क्यानडामा खालिस्तानी नेता हर्दीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो । त्यसपछि सेप्टेम्बरमा ट्रुडोले यस हत्याकाण्डमा भारतको पनि संलग्नता रहेको दाबी गरेका थिए । भारतले निज्जरलाई सन् २०२० मा आतङ्कवादी करार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण