काठमाडौँमा दिउँसै लाखौँको चोरी
काठमाडौँ । दसैँ तिहार नजिकिएसँगै काठमाडौँमा चोरीका घटनाहरू बढेका छन् । यसै क्रममा तारकेश्वर नगरपालिका-५ बस्ने २५ वर्षीय होम बहादुर बस्नेतको घरमा कोही नभएको अवस्थामा चोरी भएको छ ।
झ्यालबाट प्रवेश गरेर सुनका विभिन्न गहना गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यसअघि सोमबार राति काठमाडौँ महानगरपालिका-१९ दमाईटोल डेरा गरी बस्ने महोत्तरी गौशाला नगरपालिका-४ बिर्ता घर भएका २८ वर्षीय रञ्जित ठाकुरको कोठामा कोही नभएको अवस्थामा ताल्चा फुटाई २ तोलाको सुनका सिक्री २ थान, आधा तोलाको सुनको कानमा लगाउने झुम्का १ थान र नगद ५२ हजार रुपैयाँ चोरी भएको थियो ।
प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरू बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
यसअघि काठमाडौँको घट्टेकुलो चोक नजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरको गठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको थियो ।
बज्राचार्यको घरबाट नगद रु एक लाख ६० हजार, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब रु छ लाख ६६ हजार, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब रु एक लाख सात हजार तथा चित्रकारको कोठाबाट करिब रु नौ लाख ६५ हजार सातसय बराबरको धनमाल चोरी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकाले पूरा गरिन् कल्की २८९८ एडीको डबिङ
-
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री
-
करेन्ट लागेर एकै दिन चार जनाको मृत्यु
-
टर्कीमा युएनको भवन निर्माणमा रोजगारी दिलाउँछु भनेर ४ करोड ठग्ने पक्राउ
-
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु, कांग्रेस अनुपस्थित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु