मधेस प्रदेशमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई
बुधबार, १७ असोज २०८०, १४ : ०७
जनकपुरधाम । मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृष्णप्रसाद यादवले पाएका छन् । नेपाली कांग्रेस मधेस प्रदेशको दलका नेता समेत रहेका भौतिक पूर्वाधार मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई मधेस प्रदेश सरकार (कार्यसम्पादन), नियमावली २०८० को नियम (१४) को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री यादव काम विशेषले प्रदेश बाहिर जानुपर्ने भएकोले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई दिइएको बुधवार जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण