निमित्त प्रबन्ध निर्देशकमा अर्याल नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको निर्णयअनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।
उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् ।
यस्तै २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयका प्रशिक्षार्थीलाई होटेल व्यवस्थापनसम्बन्धी विशेष प्रशिक्षण
-
स्पेक्ट्रलाइटले भन्यो – एनसेलको ८० प्रतिशत सेयर कारोबार मूल्य ४० करोड डलर
-
राष्ट्रिय सूचना आयोगको प्रतिवेदन : ९९.०४ प्रतिशत पुनरावेदनको अन्तिम निर्णय
-
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ : सांसद पौड्याल
-
आजियाटाले वेभसाइटबाट हटायो ‘एनसेल’
-
अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारकाे निर्णय