सिप्रदी “इन्टरनेशनल ट्रेलब्रेजर अफ द इयर” अवार्डबाट सम्मानित
काठमाडौँ । भारतको प्रख्यात अटो मोवाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको “डिलर बिज्नेस प्लानिङ मिट २०२३” मा सिप्रदी ट्रेडिङ्ग प्रालिलाई “इन्टरनेशनल ट्रेलब्रेजर अफ द इयर” बाट सम्मानित गरेको छ।
विश्वका ५२ वटा देशका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा, सिप्रदीको गत वर्ष नेपालमा नम्बर १ ब्रान्डको सफलतालाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो। सिप्रदीको तर्फबाट सिइओ राजन बाबु श्रेष्ठ तथा सिओओ राजेश प्रसाद गिरीले उक्त कार्यक्रममा सम्मान ग्रहण गरे।
पछिल्लो समय टाटा मोटर्स नेपालले ईभी तथा आइ सी इ दुवै क्षेत्रमा सबैभन्दा ठुलो बजार हिस्सा ओगटेको छ। साथै नेपालमा दीर्घकालीन रूपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न अग्रणिय भूमिका खेल्दै आएको छ। त्यसको फलस्वरूप अहिले टाटाका विद्युतीय गाडीहरू ग्राहकको पहिलो रोजाइमा परेको देख्न सकिन्छ ।
सोही कार्यको मूल्याङ्कन गर्दै सिप्रदीले बार्सिलोनामा उक्त सम्मान प्राप्त गरेको हो । हाल टाटा मोटर्सको नेपालमा नम्बर १ ईभी–नेक्सन ईभी, टिगोर ईभी र हालै नाडा अटोसोमा सार्वजनिक भएको टियागो ईभी बिक्रि बितरण भइरहेक छन् । त्यसैगरि आईस सेगमेन्टमा सफारी, एच फाइब, नेक्सन, पन्च, टिगोर, टियागो लगायतका गाडीहरू विक्रि वितरण भइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण