समाचार
इजरालयमा आक्रमण : परराष्ट्र मन्त्रालयमा आपत्कालीन बैठक
शनिबार, २० असोज २०८०, २० : १४
काठमाडौँ। इजरायलमा शनिबार भएको आक्रमणमा नेपाली नागरिक पनि घाइते भएको समाचार आएसँगै परराष्ट्र मन्त्रालयमा आपत्कालीन बैठक जारी रहेको छ । पछिल्लो पाँच घण्टादेखि परराष्ट्रमन्त्री एनपी साउदसहित अधिकारीहरू छलफलमा रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकपछि मन्त्रालयले घटनाबारे आधिकारिक प्रेस नोट जारी गर्ने तयारी गरेको छ । उता, तेल अभिभस्थित नेपाली दूतावासले आजको आक्रमणमा नेपालीहरूको पीडित बनेको र यसबारे यकिन तथ्याङ्क सङ्कलन गर्ने तथा उद्धार गर्ने काम भइरहेको बताएको छ । इजरायलमा धेरै नेपालीहरु काम तथा अध्ययनको शिलिशलामा पुगेका छन् ।
यता समाचार एजेन्सी एएनआईले भने राजदूत कान्ता रिजाललाई उद्धृत गर्दै हर्जलियामा अध्ययनरत सात नेपाली घाइते भएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण