आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्टिमोरमा पनि मनाइयो इन्द्रजात्रा

सोमबार, २२ असोज २०८०, ०९ : ०१
सोमबार, २२ असोज २०८०

विजय थापा । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको पाचौ इन्द्रजात्रा (येन्या पुन्ही)  सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको छ । नेपाः कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजना गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा अक्टोबर  ८ आइतबारका दिन  सम्पन्न गरिएको छ । महामारीको कारण २ वर्षसम्म स्थगित गरिएको इन्द्र जात्रालाई निरन्तरता दिइएको छ ।

नेपाल कै महत्वपूर्ण इन्द्रजात्रा अब काठमांडौमा मात्र सिमित रहेन । अमेरिकाको वासिंगटन डिसीबाट नेवा अर्गनाइजेसन अफ अमेरिका (एनओ ए )ले १२ वर्ष अगाडिबाट शुरू गरेको ईन्द्रजात्रा अब विश्वका विभिन्न देशमा समेत मनाउने क्रम जारी छ । यसै क्रममा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो ।

नेवाः भेषभुषामा सजिएका बालबालिका देखि लिएर नरनारीहरू र बिदेशी नागरिकहरू समेत सबै जनाको उपस्थितीले काठमाडौँको झझल्को दिएको थियो । नेवाः समुदायको परम्परागत भोज समयबजीको  बृहत् आकर्षक समयबजी प्रदर्शन , धिमे बाजा, परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन , पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए ।

काठमाडौँ उपत्यकाको झझल्को आउने गरी प्रसादको रूपमा हाथु हायेकेगु (श्वेत भैरवको मुखबाट जाँडलाई नलीबाट प्लास्टिकको प्यालामा (गिलास)लिई सेवन गरिएको राखी खुवाउने थियो । यस वर्ष पनि मा नली मै मुख तल राखेर जाड सेवन गराईएको थियो ।

बासव राजोपाध्यायले इन्द्रजात्राको बारेमा बताउनुको साथै लाखे र पुलुकेसी (सेतो हात्ती)को बारेमा समेत जानकारी गराएका थिए । नेपाः कम्युनिटी यूएसएका सभापति विक्रान्त मान श्रेष्ठ र बैकुण्ठमान श्रेष्ठले केही जानकारी दिनुको साथै नेपाः कम्युनिटी यूएसए सबैको हो भन्दै दर्ता गराउन मात्र आग्रह गरेका थिए ।

क्रिस श्रेष्ठ, मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य डा ह्यारी भण्डारी तथा मेरिल्याण्ड राज्यकै नगर परिषद सदस्य लगायतले शुभकामना दिएका थिए । यस्तै डा भण्डारीले नेपास् कम्युनिटी यूएसएका विक्रान्तमान श्रेष्ठ तथा बैकुण्ठमान श्रेष्ठलाई मेरिल्याण्डको झन्डा हस्तान्तरण गरेका थिए ।

इन्द्र जात्रा आयोजक समितिका बैकुण्ठ मान श्रेष्ठ , विक्रान्तमान श्रेष्ठ ,सृजन ताम्राकार ,दिलिप श्रेष्ठ लगायत सम्पूर्ण समिति सदस्यहरुले येन्हा पुन्ही सफल बनाउन करिव ५/६ महिना देखि ठूलो मेहनत गरेका थिए । र करिव महिना अहोरात्र खटिइ गणेश ,भैरव र कुमारीको नेपाल जस्तै रथ निर्माण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप