संसदमा गोकुल बाँस्कोटा : सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भयो
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारको कुटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले इजरायलमा हमासको आक्रमण परे १० नेपाली विद्यार्थीले ज्यान गुमाएको तथा कतिपय संकटमा फसेकाहरुलाई उद्धारमा भएको ढिलाइले सरकारको कुटनीति छताछुल्ल भएको बताएका हुन् ।
‘सरकारको कुटनीति छताछुल्ल पोखिएको छ । प्रधानमन्त्री भिडियो कल गरेर लोकप्रिय काम गद्र्यै हुनुहुन्छ’ उनले भने, ‘समवेदना । तर त्यहाँ संकटमा फसेका नेपालीहरुको चाहाना तत्काल स्वदेश फकाईयोस् भन्नेछ ।’
उनले इजरायलले पुरै युद्धको घोषणा गरेको भन्दै त्यहाँ रहेका सबै नेपालीहरुलाई तत्काल नेपाल फर्काउन र उपचारको व्यवस्था गर्न माग गरे । आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरुले इजरायलमा संकटमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
-
पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण