प्रतिनिधिसभा बैठक : इजरायलमा फसेका नेपालीहरुको उद्धार गर्न सांसदहरुको माग
काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशीघ्र उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरेका हुन् । उनीहरुले द्वन्द्वमा परी घाइते भएकाहरुको स्वास्थ्योपचार गर्न पनि माग गरेका छन् ।
प्रतिनिधिसभा सदस्यहरुले छिटोभन्दा छिटो कूटनीतिक पहल गरेर संकटमा फसेका नेपालीहरुको उद्धार गर्न सरकारको गम्भीर रुपले ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले घाइतेहरुको उपचार गर्न र नेपालीहरुलाई उद्धार गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बताए । उनले कति नेपाली प्रभावित भए भन्ने पछिल्लो विवरण संसदमा प्रस्तुत गर्न पनि सरकारसँग माग गरे ।
प्रतिनिधिसभा सदस्य असिम साहले नेपालको सत्तामा रहेकाहरुलाई पनि हमासको संज्ञा दिँदै नेपालीहरु इजरायलमा आक्रमणमा पर्नुमा नेपालका हमासहरुपनि जिम्मेवार रहेका बताए । देशको साधन, स्रोतमा नेपाली हमासहरुको हालिमुहाली रहेको उल्लेख गर्दै सो अत्याचार सहन नसकेर नेपाली युवाहरु विदेशीनु परेको बताए । सरकारले इजरायली राष्ट्राध्यक्षसँग संवाद गरेर समस्या समाधान गर्नुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले इजरायलमा फसेका नेपालीहरुको उद्धार गरी उनीहरुलाई आफ्नो देश र राज्य छ भन्ने अनुभूति गराउनुपर्ने बताए । उनले उनीहरुको प्राण बचाउन सरकारलाई आग्रह गरे ।
प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले सरकारको इजरायलसँगको कूटनीतिक कमजोरी रहेको कुरा छताछुल्ल रुपमा पोखिएको बताए । उनले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रुपमा तत्काल देश फर्काउन माग गरे ।
प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले इजरायलमा फसेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले कूटनीतिक पहल यथाशीघ्र गर्न सरकारलाई आग्रह गरे ।
प्रतिनिधिसभा सदस्य शर्माले इजरायलको युद्धक्षेत्रमा शान्ति स्थापनाको लागि आफ्नो भूमिका नेपालले खेलोस् भन्ने अपेक्षापनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण