बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : मोइन अली (इङ्गल्यान्ड)

मङ्गलबार, २३ असोज २०८०, १० : १०
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकपमा मोइन अली इङ्गल्यान्डको टोलीका अनुभवी खेलाडीहरूमध्ये एक हुन् । ६ फिट अग्ला मोइन अली इङ्गल्यान्डका अलराउन्डर हुन् । उनको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट रहँदै आएको छ । 

इङ्ल्यान्डलाई सन् २०१९ मा पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि चुमाउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ३६ वर्षीय मोइन अली बायाँ हातले ब्याटिङ र दायाँ हातले बलिङ गर्छन् । 

उनले इङ्गल्यान्डका लागि हालसम्म एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । एकदिवसीय खेलमा उनले कुल दुई हजार दुई सय ७१ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले तीन शतक र ६ वटा अर्धसत्तक पनि प्रहार गरेका छन् । 

मोइन अलीले एकदिवसीय प्रतियोगितामा बनाएको उच्च स्कोर एक सय २८ रन हो । उनले एकदिवसीय खेलमा एक सय ६ विकेट पनि लिइसकेका छन् । एकदिवसीय खेलमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४६ रन दिएर चार विकेट हो । 

यसैगरी उनले इङ्गल्यान्डका लागि ६८ टेस्ट खेलेर कुल तीन हजार ९४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले पाँच शतक र १५ वटा अर्धसत्तक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन अविजित एक सय ५५ रन हो । 

टेस्ट क्रिकेटमा उनले दुई सय चार विकेट पनि लिएका छन् । टेस्ट क्रिकेटमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ५३ रन दिएर ६ विकेट हो । टेस्ट क्रिकेटमा उनले पाँच पटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले १३ पटक चार विकेट लिएका छन् । 

यसका अतिरिक्त उनले इङ्गल्यान्डका लागि ७८ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलिसकेका छन् । टी—२० क्रिकेटमा उनले एक हजार एक सय नौ रन बनाएका छन् । टी—२० क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन अविजित ७२ रन हो । 

मोइन अलीले टी—२० क्रिकेटमा ४३ वटा विकेट पनि लिएका छन् । टी—२० मा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन २४ रन दिएर तीन विकेट हो । यसका अतिरिक्त उनी भारतीय स्टेडियमहरुको चरित्रसँग पनि राम्रोसँग परिचित छन् । उनले भारतमा इन्डियन प्रिमियर लिगका थुप्रै खेल पनि खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप