सन्नी देओलका छोराको फिल्म फ्लप, २५ करोडको खर्च, १ करोड पनि कमाउन सकेन
मुम्बई । सन्नी देओलका कान्छो छोरा राजवीर र पुनम ढिल्लनको छोरी पलोमाको डेब्यु फिल्म ‘दोनो’ फ्लप साबित भएको छ । फिल्मले तीन दिनमा एक करोडको कलेक्सन गर्न सकेको छैन ।
अक्टोबर ६ गते रिलिज भएको यो फिल्मले पहिलो दिन ३५ लाख, दोस्रो दिन ३० लाख र तेस्रो दिन ३० लाख रुपैयाँ मात्रै कमाएर कूल आम्दानी ९५ लाख मात्र पुर्याएको छ । फिल्मको बजेट २५ करोड रहेको छ । यस्तो अवस्थामा यसको लागि लागत गणना गर्नु पनि धेरै टाढाको कुरा हो।
राजवीर र पालोमा भन्दा पहिले धेरै स्टार किड्स छन् जसको पहिलो फिल्म फ्लप साबित भएको थियो । उनीहरू मध्ये केहीले धमाकेदार डेब्यू गरे पनि बलिउडमा खासै सफलता पाउन सकेनन् ।
यो सूचीमा देव आनन्दका छोरा सुनिल आनन्द, अमजद खानका छोरा शादाब खान, मनोज कुमारका छोरा कुणाल गोस्वामी, मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्ती, राज बब्बरका छोरा आर्या, फिरोज खानका छोरा फरदिन खान, तनुजाकी छोरी तनीषा मुखर्जी, धर्मेन्द्र र हेमा मालिनीकी छोरी ईशा देओल, राजकुमारका छोरा पुरु, शेखर सुमनका छोरा अध्ययन सुमन लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण