डेंगु संक्रमण नियन्त्रणमा
काठमाडौँ । डेंगु भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त ९साउन १६ देखि भदौ १४ गतेसम्म० मा बढेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिना ९भदौ १५ देखि असोज १३ गतेसम्म०मा घटेको पाइएको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र लार्भा खोज र नष्ट गर अभियान सञ्चालन हुँदा सङ्क्रमण फैलिन नपाएको बताए । “हामीले भदौ र असोजमा डेंगु सङ्क्रमण बढ्ने प्रक्षेपण गरेका थियौँ”, उनले भने, “स्थानीय तह र सर्वसाधारणले लामखुट्टेका लार्भा नियन्त्रणमा खेलेको भूमिकाले गर्दा सङ्क्रमण बढ्न पाएन ।”
सुनसरी जिल्लाबाहेक अन्य जिल्लामा डेंगु नियन्त्रणमा रहेको उनको भनाइ छ । यस वर्ष अहिलेसम्म ३५ हजार दुई सय २३ जना डेंगु सङ्क्रमणबाट बिरामी भएका छन् । ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिँदा २० जनाको ज्यान गएको छ ।
सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । गत अगस्तमा १३ हजार आठ सय ४० सङ्क्रमण देखिएकामा सेप्टेम्बरमा ११ हजार पाँच सय ६६ सङ्क्रमण देखिएका छन् । गत वर्ष सन् २०२२ मा अगस्टमा तीन हजार सात सय आठ र सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगु सङ्क्रमण देखिएको थियो ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भई टोकेपछि डेंगु रोग लाग्ने गर्दछ । महाशाखाले भदौ र असोजमा डेंगु सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको थियो । तर सतर्कता अपनाउँदा सोअनुसार बढ्न नपाएको महाशाखाले जनाएको छ ।
सुनसरीमा मात्र १६ हजारभन्दा बढी सङ्क्रमित
सङ्क्रमण देखिएकामध्ये जिल्लामा सुनसरीमा अगाडि देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा १६ हजार ८० जनामा डेंगु सङ्क्रमण देखिएको छ । झापा तीन हजार पाँच सय ६२, धादिङमा तीन हजार एक सय २३, तनहुँमा तीन हजार एक सय २१ जना मोरङमा दुई हजार दुई सय ७३, कास्की सात सय ७२, काठमाडौँमा सात सय ६४, सङ्खुवासभामा पाँच सय २६, कैलाली चार सय ८० र धनकुटामा चार सय ४५ जनामा सङ्क्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण