पत्रकार सम्मेलन
इजरायलस्थित नेपाली दूतावासको कार्य उच्च प्रशंसनीय : सरकार
बुधबार, २४ असोज २०८०, १७ : १८
काठमाडौँ । इजरायलमा रहेको नेपाली दूतावासले गरेको कार्य उच्च प्रशंसनीय रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा बोल्दै इजरायल गाजा घटनापछि दूतावासले गरेको कार्य प्रशसनीय रहेको बताइन् ।
‘घटना भएपछिदेखि नै दूतावास सक्रिय भएर लागेको छ । सिमित स्रोत साधनकाबीच दूतावासले गरेको कार्य निकै प्रशसनीय छ । यसको नेपाल सरकारले मूल्यांकन नै गर्नेछ’ प्रवक्ता लम्सालले भनिन् ।
घटनापछि दूतावासले राम्रोसँग काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले त राजदूत कान्ता रिजाललाई फिर्ता बोलाउनुपर्ने समेत माग राखेको छ । यस्तो अवस्थामा सरकारले दूतावासको प्रशंसा गर्दै उनको बचाउँ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण