आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

इजरायलस्थित नेपाली दूतावासको कार्य उच्च प्रशंसनीय : सरकार

बुधबार, २४ असोज २०८०, १७ : १८
बुधबार, २४ असोज २०८०

काठमाडौँ । इजरायलमा रहेको नेपाली दूतावासले गरेको कार्य उच्च प्रशंसनीय रहेको सरकारले जनाएको छ ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा बोल्दै इजरायल गाजा घटनापछि दूतावासले गरेको कार्य प्रशसनीय रहेको बताइन् ।

‘घटना भएपछिदेखि नै दूतावास सक्रिय भएर लागेको छ । सिमित स्रोत साधनकाबीच दूतावासले गरेको कार्य निकै प्रशसनीय छ । यसको नेपाल सरकारले मूल्यांकन नै गर्नेछ’ प्रवक्ता लम्सालले भनिन् ।

घटनापछि दूतावासले राम्रोसँग काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले त राजदूत कान्ता रिजाललाई फिर्ता बोलाउनुपर्ने समेत माग राखेको छ । यस्तो अवस्थामा सरकारले दूतावासको प्रशंसा गर्दै उनको बचाउँ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप