हमासको आक्रमणमा परी घाइते २ जना विद्यार्थी डिस्चार्ज
बुधबार, २४ असोज २०८०, १७ : २१

काठमाडौँ । हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् । अब २ जनाको मात्रै उपचार भइरहेको उनको भनाइ छ ।
घाइतेहरूको उपचारका लागि समेत नेपाल सरकार र इजरायल सरकार गम्भीर भएर लागिरहेको उनको भनाई छ । शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन