संघीय निकाय बागमती र स्थानीय तहमा मधेश प्रदेशमा धेरै भ्रष्टाचार
काठमाडौँ । भ्रष्टाचारको सवालमा संघीय निकायको बागमती प्रदेश र स्थानीय तहमध्ये मधेश प्रदेशमा धेरै भ्रष्टाचार हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीका आधारमा यो तथ्य फेलापरेको हो ।
आयोगले राष्ट्रपति कार्यालयमा बुझाएको प्रतिवेदनमा यो फेहरिस्त देखाएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा संघीय निकायसँग सम्बन्धित ९ हजार १ सय २१ वटा उजुरी आयोगमा परेका थिए ।
जसअनुसार बागमती प्रदेशमा मात्रै ४ हजार ४ सय ८१ वटा उजुरी परेका छन् । बागमती प्रदेशपछि मधेश प्रदेशमा संघीय निकायसँग सम्बन्धित एक हजार पाँच सय ६८, लुम्बिनी प्रदेशबाट ९ सय २९, कोशी प्रदेशबाट ८ सय ३०, गण्डकी प्रदेशबाट ५ सय ९७, कर्णाली प्रदेशबाट ३ सय ४३ र सुदूरपश्चिम प्रदेशबाट ३ सय ७३ वटा उजुरी आयोगमा परेका छन् ।
स्थानीय तहमा भ्रष्टाचार बढेको सम्बन्धमा आयोगमा परेको उजुरी अनुसार देशभरका ७५३ स्थानीय तहबाट १३ हजार एक सय ४२ वटा उजुरी परेका थिए । जसमध्ये मधेश प्रदेशबाट मात्रै तीन हजार सात सय ३८ वटा उजुरी आयोगमा दर्ता भएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशका स्थानीय तहमा हुने गरेका एक हजार ८ सय ४८, बागमती प्रदेशबाट सम्बन्धित एक हजार ७ सय ७७, कोशी प्रदेशका स्थानीय तहसम्बन्धित एक हजार ६ सय ३०, कर्णाली प्रदेशबाट एक हजार ५ सय ८७, सुदुरपश्चिमबाट एक हजार चार सय ७२ र गण्डकी प्रदेशका स्थानीय तहबाट एक हजार ९० वटा भ्रष्टाचारका उजुरी आयोगमा दर्ता भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण