हिंसा भड्किएको ठाउँका सीडीओदेखि प्रहरी प्रमुखसम्मको सरुवा
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा फिर्ता बोलाइएको छ । सर्लाहीमा नरेशराज सुवेदी कार्यरत थिए ।
सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ बाट बाँकेमा लगातार कफ्र्यू लगाइएको थियो । हिन्दु र मुस्लिम समुदायबिच तनाव सिर्जना भएपछि नेपालगञ्ज क्षेत्रमा सुरुवाती दिनमा नै स्थानीय प्रशासनले सेनाको सहयोग लिएको थियो ।
सर्लाहीमा पनि हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो । बाँकेमा सरुवा गरिएका एसपी बोहरा र सर्लाहीमा पठाइएका धिताल प्रहरीभित्र व्यवसायीक छविका अधिकृत मानिन्छन् ।
गृह मन्त्रालयले बिहीबार नै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा कोमल प्रसाद धमला र बाँकेको प्रजिअमा श्रवण कुमार पोखरेललाई सरुवा गरिएको छ । हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता देखाउन नसकेको’ विश्लेषण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण