गृहको निर्णय
बाँकेसहित ४ जिल्लाका सीडीओको सरुवा
बाँकेमा श्रवणकुमार पोखरेल, सर्लाहीमा कोमलप्रसाद धमला
बिहीबार, २५ असोज २०८०, १५ : १७
काठमाडौँ । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमलप्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ । धमला दोलखाका प्रजिअ थिए ।
जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण