जेसिबीको एक्सक्लुसिभ रिटेलर अब हेटौंडामा
आइतबार, २८ असोज २०८०, १५ : ०१
काठमाडौँ। एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले हेटौँडामा आफ्नो एक्सक्लुसिभ रिटेलर स्थापना गरेको छ । उक्त रिटेलर ऋतु ट्रेडर्सको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका उप-मेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटाडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे ।
यसको शुरुवात सँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्स मार्फ़त सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनेछन् ।
एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशलाई टेर्दैनन् गण्डकीका पालिका, पठाउनुपर्ने पौने १९ अर्ब आफ्नै खातामा
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
-
ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता
-
पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण