बडादसैँ ब्याडमिन्टनमा बुद्ध एयरका प्रकाश र पदमको जोडी च्याम्पियन
आइतबार, २८ असोज २०८०, १७ : ०८

काठमाडौँ । बडा दसैँको उपलक्ष्यमा कोटेश्वर सेती ओपी युवा क्लब र एसओएस ब्याडमिन्टन समूहले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा बुद्ध एयरका प्रकाश कायस्थ र पदम क्षेत्रीको जोडी विजेता बनेको छ ।
बुद्ध एयरका प्रकाश र पदमको जोडीले प्रतियोगिताको फाइनल खेल सोझो सेटमा जितेको थियो । उक्त जोडीले फाइनलमा सनत कार्की र दिपक श्रेष्ठको जोडीलाई २१–१६ र २१-१२ अंकले पराजित गरेको थियो ।
प्रतियोगिताको विजयी जोडीलाई स्वणर् पदकसहित जनही पाँच हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अवसरमा प्रतियोगिताको आयोजकले ब्याडमिन्टनका पुराना खेलाडी र स्थानीय समाजसेवीलाई सम्मान पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो