शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

युनिलिभरले घोषणा गर्‍यो प्रतिकित्ता १५८० रुपैयाँ लाभांश

सोमबार, २९ असोज २०८०, १३ : ३३
सोमबार, २९ असोज २०८०

काठमाडौँ । युनिलिभर नेपालले आफ्ना सेयरधनीहरुलाई प्रतिकित्ता १५ सय ८० रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त नगद लाभांश घोषणा गरेको हो ।

आफ्ना सेयर लगानीकर्तालाई उच्च लाभांश वितरण गर्ने कम्पनीहरूको सूचीको अग्रपङ्क्तिमा युनिलिभर नेपाल पर्छ । यही असोज २६ गते बसेको सञ्चालक समितिको बैठकबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीकी सचिव सङ्गीता श्रेष्ठले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७९/८० का लागि प्रतिकित्ता १५ सय ८० रुपैयाँ लाभांश अहिलेसम्मकै धेरै हो । गत वर्ष कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता १२ सय १५ रुपैयाँ नगद लाभांश दिएको थियो । उच्च लाभांश वितरणको घोषणासँगै कारोबारको यस अवधिसम्म सेयर मूल्य प्रतिकित्ता ४.३८ प्रतिशतले बढ्दै ३६ हजार ७५२ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप