युनिलिभरले घोषणा गर्यो प्रतिकित्ता १५८० रुपैयाँ लाभांश
सोमबार, २९ असोज २०८०, १३ : ३३
काठमाडौँ । युनिलिभर नेपालले आफ्ना सेयरधनीहरुलाई प्रतिकित्ता १५ सय ८० रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त नगद लाभांश घोषणा गरेको हो ।
आफ्ना सेयर लगानीकर्तालाई उच्च लाभांश वितरण गर्ने कम्पनीहरूको सूचीको अग्रपङ्क्तिमा युनिलिभर नेपाल पर्छ । यही असोज २६ गते बसेको सञ्चालक समितिको बैठकबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीकी सचिव सङ्गीता श्रेष्ठले जानकारी दिइन् ।
आर्थिक वर्ष २०७९/८० का लागि प्रतिकित्ता १५ सय ८० रुपैयाँ लाभांश अहिलेसम्मकै धेरै हो । गत वर्ष कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता १२ सय १५ रुपैयाँ नगद लाभांश दिएको थियो । उच्च लाभांश वितरणको घोषणासँगै कारोबारको यस अवधिसम्म सेयर मूल्य प्रतिकित्ता ४.३८ प्रतिशतले बढ्दै ३६ हजार ७५२ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण