सवारी दुर्घटनाका घाइतेको लुम्बिनीका गृहमन्त्री पाण्डेयद्वारा उद्धार
बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सवारी दुर्घटनामा परी घाइते भएका दुई जनाको उद्धार गरेका छन् । आज दिउँसो काठमाडौँबाट बर्दिया जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका दुई जनालाई गृहमन्त्री पाण्डेयले उद्धार गरेका हुन् ।
पाण्डेयको सचिवालयका जैनुद्दीन देवानका अनुसार बा ९१ प २२८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जना युवा र एक जना युवतीको मन्त्री पाण्डेय चढ्ने गाडीमा लिएर अस्पताल पुर्याइएको छ । दाङको धान खोला नजिकै भएको उक्त दुर्घटनामा घाइतेहरूलाई मन्त्री चढ्ने लु १ झ ७४९ नम्बरको गाडीमा लिएर उपचारका लागि भालुवाल अस्पतालमा पुर्याइएको हो ।

उनीहरूको अवस्था सामान्य रहेको छ । घाइतेको उद्धारमा देवानसँगै सवारी चालक ओमकार मुराउ, व्यक्तिगत सुरक्षा अधिकृत पीएस रमेश यादव र गणेश प्रसाद यादव खटिएका थिए । मन्त्री पाण्डेयले इलाका प्रहरी कार्यालय भालुवाललाई घाइतेको आवश्यक रेखदेख तथा सहयोग गर्न निर्देशन दिएको गृहमन्त्री पाण्डेयको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण