आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनाका घाइतेको लुम्बिनीका गृहमन्त्री पाण्डेयद्वारा उद्धार

शुक्रबार, ०३ कात्तिक २०८०, १६ : २७
शुक्रबार, ०३ कात्तिक २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सवारी दुर्घटनामा परी घाइते भएका दुई जनाको उद्धार गरेका छन् । आज दिउँसो काठमाडौँबाट बर्दिया जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका दुई जनालाई गृहमन्त्री पाण्डेयले उद्धार गरेका हुन् ।

पाण्डेयको सचिवालयका जैनुद्दीन देवानका अनुसार बा ९१ प २२८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जना युवा र एक जना युवतीको मन्त्री पाण्डेय चढ्ने गाडीमा लिएर अस्पताल पुर्‍याइएको छ ।  दाङको धान खोला नजिकै भएको उक्त दुर्घटनामा घाइतेहरूलाई मन्त्री चढ्ने लु १ झ ७४९ नम्बरको गाडीमा लिएर उपचारका लागि भालुवाल अस्पतालमा पुर्‍याइएको हो । 

one

उनीहरूको अवस्था सामान्य रहेको छ । घाइतेको उद्धारमा देवानसँगै सवारी चालक ओमकार मुराउ, व्यक्तिगत सुरक्षा अधिकृत पीएस रमेश यादव र गणेश प्रसाद यादव खटिएका थिए । मन्त्री पाण्डेयले इलाका प्रहरी कार्यालय भालुवाललाई घाइतेको आवश्यक रेखदेख तथा सहयोग गर्न निर्देशन दिएको गृहमन्त्री पाण्डेयको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप