मानसराजको ‘मुड फ्रेस’मा आश्मा र सरोजको छमछमी
शनिबार, ०४ कात्तिक २०८०, १२ : ०५
काठमाडौँ । हिट गीत ‘भाइरल भइदियो’का गायक मानसराज बोहराले नयाँ गीत ‘मुड फ्रेस’ ल्याएका छन् । उनले यो गति आफ्नै शब्द, संगीत र स्वर ल्याएका हुन् । गीतमा एरेन्ज उदयराज पौडेलको छ ।
गीतको भिडियोमा अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ ।
जसमा सरोज अधिकारी र आश्मा विश्वकर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियोमा आश्मालाई एलिनको रुपमा समेत देखाइएको छ ।
सरोज अधिकारीकै निर्देशन रहेको भिडियोमा नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन छ । मानसराज गायनका अलावा थिएटर अभिनयमा पनि देखिदै आएका छन् । फिल्म ‘रेशम फिलिलि’को पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, ‘डायरी’को माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका मानसराजका गीत चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण