दसैँमा गण्डकीमा जाने भन्दा आउने धेरै
पोखरा । गण्डकी प्रदेशको दसैँमा बाहिरिने भन्दा भित्रिने यात्रु बढी देखिएको छ । विभिन्न ठाउँबाट सङ्कलन गरिएको तथ्याङ्क अनुसार जाने भन्दा आउनेको सङ्ख्या बढी रहेको देखिएको हो । हालसम्म १ लाख ६६ हजार गण्डकीबाट बाहिरिएका छन् भने २ लाख ३ हजार भित्रिएका छन् ।
कास्की, मुस्ताङ र मनाङ बाहेक सबै जिल्लामा बाहिरिने भन्दा भित्रिने सङ्ख्या बढी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कास्कीमा भने १ लाख ५ हजार बाहिरिँदा ७० हजार मात्रै भित्रिएका छन् । मुस्ताङमा बाहिरका जिल्लाबाट काम गर्न जाने मुस्ताङमा बढी छन् । त्यसबाहेक केही पर्यटक पनि थिए । ४ हजार ३ सय जना यो अवधिमा भित्रिँदा १४ हजार २ सय बाहिरिए । मनाङमा भित्रिने सङ्ख्या शून्य छ । यहाँबाट ५० जना बाहिर गएका जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले जनाएको छ ।
नवलपुरमा १५ हजार बाहिरिँदा ३० हजार भित्रिएका छन् भने तनहुँमा २० हजार भित्रिएर ८ हजार बाहिरिएका छन् । स्याङ्जामा ९ हजार भित्रिँदा २ हजार २ सय मात्रै बाहिर गएका छन् । बागलुङमा १२ हजार भित्रिँदा ७ हजार ५ सय बाहिरिएका छन् भने लमजुङमा पनि २० हजार भित्रिँदा ५ हजार मात्रै बाहिर गएका छन् । गोरखामा २५ हजार भित्रिएर ४ हजार ५ सय बाहिर गए । पर्वतमा ९ हजार भित्रिएर २ हजार ७ सय बाहिर गएका छन् भने म्याग्दीमा ४ हजार भित्रिएर १ हजार ५ सय मात्रै बाहिरिएका छन् ।
नागरिकहरू दसैँ मनाउन गाउँघर जाने क्रम घट्दै गएकोले यो वर्ष गाडी पनि खासै खचाखच छैनन् । पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्र केसी भइरहेका गाडी समेत चलाउन पर्ने अवस्थामा नरहेका बताउँछन् । ‘पहिलेका वर्षहरूमा सबै गाडी सडकमा कुदाउनुपर्थ्यो । अहिले त्यस्तो छैन, क्यूका गाडी पनि खालीखाली नै गुडिरहेका छन् ,’ उनले भने, ‘कारण थाहा भएन, तर गाडी चढ्नेहरू घट्दै गएको पाइयो ।’ दशमीसम्ममा थप ५० हजारले पोखरा छोड्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण