मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
संस्मरण

‘युद्धका घाउहरू’ नाटक लिएर श्रीलंका पुग्दा

बिहीबार, ०९ कात्तिक २०८०, ०९ : ०५
बिहीबार, ०९ कात्तिक २०८०

श्रीलंकाको कोलम्बो सहरस्थित युनिभर्सिटी अफ द भिजुअल एन्ड परफर्मिङ्ग आट्र्समा एकेडमिक थेस्पियनस थिएटर फेस्टिवल २०२३ भएको थियो । जुलाइ २२ देखि २८(२०८० साउन ६ देखि १०) मा भएको सो कार्यक्रममा मण्डला थिएटरबाट ‘युद्धका घाउहरु’ (२.०) नाटक लिएर हामी १२ जना नेपालबाट प्रतिनिधित्व गरेर गएका थियोँ । फेस्टिवलको नेतृत्व सोमनाथ खनाल र त्रिलोक शर्माले गर्नु भएको थियो । 

त्यस फेस्टिवलमा मैले नाटकमा एउटा हलीको चरित्र निर्वाह गरेको थिएँ । नाटकमा मैलेथारू संस्कृतिलाई पनि प्रोमोट गरेको थिएँ । हामीले त्यस युनिभर्सिटीका प्रोफेसर सौम्या र विद्यार्थीहरुको मन जित्न सफल भएका थियौं ।

नाटक समापनपछि प्रोफेसर सौम्याले ‘नीरजबाबु यू आर ग्रेट एक्टर’ भनेर मेरो अभिनयको खुलेर तारिफ गर्नु भएको थियो । त्यहाँको नाटकपश्चात मेरो फ्यान फलोइङ्ग ह्वात्तै बढ्यो ।

हामीहरुले त्यहाँ नाटक मात्रै हैन, मण्डला ड्रामा स्कुलमा सिकेको कुराहरु त्यस युनिभर्सिटीका स्टुडेन्टहरुलाई शेयर गर्ने मौका पनि पायौं ।

जता हेर्यो, त्यतै हरियाली । जता हेर्यो, त्यतै कलाले सजिएको सहर । वास्तवमा कोलम्बो पुगेपछि मलाई थाहा भयो कि कलाको महत्व कति छ भनेर ।

श्रीलङ्का भन्ने बित्तिकै सानैदेखि मेरो दिमागमा रावणको देश भनेर आउँथ्यो । जताततै रावणकै सालिक पो होला कि भन्ने लाग्थ्यो । तर, जब म त्यहाँ पुगे, स्टोरीमा ‘ट्वीस्ट’ आयो । कोलम्बोको एयरपोर्टमा सुरुमै भगवान् बुद्धको सालिक देखेर ‘सक’ भएको थिएँ । 

सफा सुग्घर प्राकृतिक सहर भनेर कोलम्बोलाई भन्दा केही फरक न पर्ला । जता हेर्यो, त्यतै हरियाली । जता हेर्यो, त्यतै कलाले सजिएको सहर । वास्तवमा कोलम्बो पुगेपछि मलाई थाहा भयो कि कलाको महत्व कति छ भनेर ।

त्यहाँका मानिसहरुको व्यवहारले झनै मोहित बनायो ।  तर, मलाई त्यहाँको सबैभन्दा चित्त नबुझेको चैँ खाना थियो । त्यहाँको खाना नमिठो भन्न खोजेको हैन, देशअनुसार भेष हुन्छ, देशअनुसार खाना पनि हुन्छ । 

त्यहाँको जुन खानामा पनि बिनबिनभेंरिया अर्थात् करि पत्ता हालेको अनि जुन खानामा पनि गुलियो हालेको कहाँ मन पर्नु । थारूको छोरालाई चिल्लो, पिरो, अमिलो खाने बानीले गर्दा होला, त्यहाँको खानामा स्वादै बसेन । त्यहाँबाट नेपाल आउने बित्तिकै मैले एक प्लेट मःम डकारेको थिएँ ।

natak1

त्यहाँ बस्नको लागि हामीलाई होस्टेलमा व्यवस्था गरिएको थियो । बिहान साढे ८ बजेहामीलाई लिन भ्यान आउने भएकाले हामी खाजा खाएर ८ बजे नै तयार भएर बस्थ्यौं अनि युनिभर्सिटी पुग्थ्यौं । हामी बस्ने होस्टेल र युनिभर्सिटी बिचको दुरी साढे ३ किमि थियो । हामी खाना खाएर घुम्न निस्किन्थ्यौं । बेलुका त्यहाँका स्टुडेन्टहरुको ड्रामा हेथ्र्यौ  र बेलुकाको खाना युनिभर्सिटीकै क्यान्टिनमा खाएर होस्टेल फर्किन्थ्यौं ।

हामीले अवलोकन गरेका ठाउँहरु कोलम्बो बिच, युनिभर्सिटी अफ केलेनियाको लाइब्रेरी र संग्रहालय, लोटस टावर, लोटस थियटर, केलानी मन्दिर, म्युजियम अफ मोडर्न एण्ड कन्टेम्पोरेरी आर्टलगायत थिए ।

natak4

सशस्त्र द्वन्द्व भन्ने बित्तिकै मेरो दिमागमा बम गोला, बारुद, रगत भन्ने आउँछ । त्यतिबेला जब म ६-७ वर्षको थिएँ ।  त्यसबेला बर्दिया जिल्लाको रम्मापुर आर्मी ब्यारेकमा जन्मुक्ति सेना र सरकारी सेनाबिच युद्ध भएको थियो । २÷३ रात त हामी सुत्नै सकेको थिएनौ । यस्तो लाग्थ्यो कि अब हाम्रो आयु यत्ति हो । रातभरी बम बारुद बन्दुकको कर्कश आवाज सुनिन्थ्यो । बन्दुकको छर्राहरु घरको छानोमा आएर खस्थ्यो, कतिबेला घरको भित्तामा । त्यो आवाज अझ पनि कानमा गुन्जिन्छ ।

त्यही युद्धको घाउहामीले प्रदर्शन गरेको ‘युद्धका घाउहरु (२.०)’नाटकमा देखाएका छौं । यो नाटकको लेखन र निर्देशन प्रदिप ढुङ्गाना (अन्जान प्रदिप)ले गर्नु भएको छ, जसलेपारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’लाई नाटकमा रुपान्तरण गरेर निर्देशन गरिसक्नु भएको छ ।

श्रीलंकाबाट आएर ‘युद्धका घाउहरु (२.०)’ नाटक हामीले काठमाडौं, थापागाउँस्थित मण्डला थियटरमा पनि मञ्चन गरेका थियौं । नाटक प्रदर्शनकै बेला नेकपा माओवादीको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा चलिरहेको थियो । तर, पार्टीका एकाध केन्द्रीय नेताहरु मात्र नाटक अवलोकन गर्न आँउदा दुःख लागेको थियो । 

अब हामी छिटै नै ‘युद्धका घाउहरु (२.०)’ नाटक मोबाइल टुर जुनकीरी अभियानसहित जुन जुन ठाउँमा शसस्त्र द्वन्द्वका कारण मन्छेहरुले निकै क्षति भोग्नु परेको थियो, त्यहाँलिएर आउँदै छौँ  ।

natak3

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निरजबाबु चौधरी
लेखकबाट थप