गाजामा मारिनेमा ४० प्रतिशतभन्दा बढी बालबालिका रहेको विश्व स्वास्थ्य संगठनको दाबी
शुक्रबार, १० कात्तिक २०८०, १९ : ०६
काठमाडौँ । विश्व स्वास्थ्य संगठनले इजरायल–हमास संघर्षका क्रममा गाजा क्षेत्रमा ७ हजार २८ जनाको मृत्यु भएको जनाएको छ । मृतकमध्ये ४० प्रतिशत बालबालिका रहेको पनि सो संगठनले दाबी गरेको छ ।
विश्व स्वास्थ्य संगठनले गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा यस्तो टिप्पणी गरेको हो । जारी संघर्षमा अहिलेसम्म १८ हजार ४८२ जना घाइते भएको र घाइतेमा पनि बालबालिकाको सङ्ख्या धेरै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले जनाए अनुसार गाजामा करिब एक हजार जनालाई डायलासिस आवश्यक छ । त्यस्तै २ हजार क्यान्सर पीडितलाई तत्काल उपचारको खाँचो छ । तर, अस्पतालका सेवा जारी राख्न त्यहाँ इन्धनको खाँचो रहेको पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण