अस्ट्रेलियासँग विश्वकपमा न्युजिल्याण्डविरुद्ध ह्याट्रिकको मौका
धर्मशाला । एकदिवसीय विश्वकपमा आज दुई खेल हुनेछन् । अस्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डको सामना गर्नेछ ।
खेल धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) स्टेडियममा बिहान १०:४५ बजे हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् १० बजे हुनेछ ।
आजको दोस्रो खेल बंगलादेश र नेदरल्याण्ड्सबीच हुनेछ । यो खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो २ बजेदेखि हुनेछ । यदि अस्ट्रेलियाले आज जित्यो भने यो प्रतियोगितामा न्युजिल्याण्ड विरुद्धको लगातार तेस्रो जित हुनेछ । अस्ट्रेलियाले २०१५ र २०१९ को विश्वकपमा पनि न्युजिल्याण्डलाई हराएको थियो ।
यो विश्वकपमा दुवै टोलीको छैटौँ खेल हुनेछ । अस्ट्रेलियाले पाँचमध्ये तीन जित र दुईमा हार बेहोरेको छ। अर्कोतर्फ न्युजिल्याण्डले पाँच मध्ये चार जित र एक खेल मात्र हारेको छ ।
दुई टोलीबीच हालसम्म कुल १४१ एकदिवसीय खेलिएको छ । अस्ट्रेलियाले ९५ र न्युजिल्याण्डले ३९ खेल जितेको छ । ७ खेलमा निर्णय हुन सकेन ।
एकदिवसीय विश्वकपमा पनि अस्ट्रेलियाको अग्रता छ । प्रतियोगितामा यी दुईबीच ११ खेल भएका छन् । अस्ट्रेलियाले ८ खेल जित्यो भने न्युजिल्याण्डले ३ खेल जितेको छ ।
यस विश्वकपमा अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ३३२ रन बनाएका छन् । उनको नाममा दुई शतक छ । बलिङमा एडम जाम्पाले सर्वाधिक १३ विकेट लिएका छन् ।
न्युजिल्याण्डका रचिन रवीन्द्र प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले एक शतक र दुई अर्धशतकसहित २९० रन बनाएका छन् । बलिङमा मिचेल स्यान्टनर सर्वाधिक विकेट लिने खेलाडी हुन्, उनले ५ खेलमा १२ विकेट लिएका छन् ।
पिच रिपोर्ट
हिमाचल प्रदेश क्रिकेट संघको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ। यस मैदानमा अहिलेसम्म ८ एकदिवसीय खेलिएको छ ।
पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले ३ खेल जितेको छ भने पछ्याउने टोलीले ५ खेल जितेको छ ।
मौसम पूर्वानुमान
शनिबार धर्मशालाको मौसम खुल्ने छैन । बादल लाग्नेछ र चिसो पनि बढ्नेछ। वर्षाको सम्भावना २ प्रतिशत छ। तापमान १५ देखि २९ डिग्री सेल्सियस सम्म हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण