बक्स अफिसमा जादु देखाउन सकेन कङ्गनाको तेजसले
मुम्बई । कंगना रनौतको फिल्म तेजस रिलिज भएको छ । यो फिल्ममा कंगना भारतीय एयरफोर्सकी पाइलटकी भूमिकामा छिन् । झन्डै एक वर्षपछि ठूलो पर्दामा फर्किएकी कङ्गनाको यो फिल्मको प्रतीक्षामा फ्यानहरू थिए ।
अभिनेत्रीले पनि यो फिल्मको घुँडै धसेर प्रमोसन गरेकी थिइन् । तर यो फिल्मले हलमा खासै जादु भने देखाउन सकेन । फिल्मको यति धेरै प्रमोसन गरेर पनि कंगनालाई केही फाइदा भएन ।
क्रिटिक्स र दर्शक दुबैबाट फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको कमाई १ करोड २५ लाख भारु मात्रै भएको बताइएको छ । फिल्मले पहिलो दिनमा २ देखि ३ करोड कमाउने आशा गरिएको थियो । यो फिल्ममा कङ्गनाको साथमा अंशुल चौहान, वरुण मित्रा, आशीष विद्यार्थी र विशाख नायर पनि छन् ।
यो फिल्म भारतको १ हजार ३०० ओटा स्क्रिनमा रिलिज भएको थियो । गएको केही वर्ष कंगनाका लागि खासै राम्रो रहेनन् । लामो समयदेखि फ्लपमाथि फ्लप फिल्म दिइरहेकी छिन् । तेजस अघि धाकड र चन्द्रमुखी २ रिलिज भएको थियो । यी दुवै फिल्म पनि बक्स अफिसमा फ्लप साबित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण