सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट घाटा फराकिलो बनेपछि लिलामीको आकार बढाउँदै अमेरिकी अर्थ मन्त्रालय

सोमबार, १३ कात्तिक २०८०, १५ : १५
सोमबार, १३ कात्तिक २०८०

वाशिङटन डीसी । अमेरिकी अर्थमन्त्रालयले लिलाम विक्री गर्ने ट्रेजरी बिल, नोट र ऋणपत्रको आकार बढाउने देखिएको छ । 

बजेट घाटा खराब बन्दै गइरहेको अवस्थामा नपुगेको बजेट खर्चको जोहो गर्न मन्त्रालयले चौथो त्रैमासमा लिलामीको आकार बढाउन लागेको हो । दीर्घकालीन ट्रेजरी बिलको प्रतिफल बढेपछि अमेरिकाको बजेट घाटा फराकिलो बन्दै गएको छ । जुनको अन्त्ययता मात्रै टे«जरी बिलको प्रतिफल १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले आकाशिएको महँगीमा अंकुश लगाउन आक्रामक रुपमा ब्याजदर वृद्धि गरेको थियो । लामो समयसम्म खुकुलो बनाएर राखिएको मौद्रिक नीतिलाई पनि धमाधम कसिलो बनाउन शुरु गर्‍यो । यी दुई पनि बजेट घाटा बढ्नुका कारणहरुमध्येमै पर्दछन् । यो वर्ष बजेट घाटा १६ खर्ब ९० अर्ब डलरबाट बढेर १८ खर्ब ५० अर्ब डलरमा पुग्ने अपेक्षा विश्लेषकहरुले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप