बजेट घाटा फराकिलो बनेपछि लिलामीको आकार बढाउँदै अमेरिकी अर्थ मन्त्रालय
वाशिङटन डीसी । अमेरिकी अर्थमन्त्रालयले लिलाम विक्री गर्ने ट्रेजरी बिल, नोट र ऋणपत्रको आकार बढाउने देखिएको छ ।
बजेट घाटा खराब बन्दै गइरहेको अवस्थामा नपुगेको बजेट खर्चको जोहो गर्न मन्त्रालयले चौथो त्रैमासमा लिलामीको आकार बढाउन लागेको हो । दीर्घकालीन ट्रेजरी बिलको प्रतिफल बढेपछि अमेरिकाको बजेट घाटा फराकिलो बन्दै गएको छ । जुनको अन्त्ययता मात्रै टे«जरी बिलको प्रतिफल १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले आकाशिएको महँगीमा अंकुश लगाउन आक्रामक रुपमा ब्याजदर वृद्धि गरेको थियो । लामो समयसम्म खुकुलो बनाएर राखिएको मौद्रिक नीतिलाई पनि धमाधम कसिलो बनाउन शुरु गर्यो । यी दुई पनि बजेट घाटा बढ्नुका कारणहरुमध्येमै पर्दछन् । यो वर्ष बजेट घाटा १६ खर्ब ९० अर्ब डलरबाट बढेर १८ खर्ब ५० अर्ब डलरमा पुग्ने अपेक्षा विश्लेषकहरुले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण