गायिका प्रीतिले ल्याइन् तिहार गीत ‘आँगनै भरी फुल्यो मखमली’
सोमबार, १३ कात्तिक २०८०, १६ : २८

काठमाडौँ । तिहार नजिकिदै जाँदा तिहार लक्षित गीत संगीत पनि सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायिका प्रीति रिमालको स्वर रहेको गीत ‘आँगनै भरी फुल्यो मखमली’ सार्बजनिक भएको छ । सुजन बाबु गुरुङको शब्द तथा संगीत रहेको गीतमा जीवन बडुको संगीत संयोजन छ ।
गीतको भिडियोमा पनि गायिका रिमालले नै अभिनय गरेकी छन् । रिमाललाई अभिनयमा मोडल सरोज माझीले साथ दिएका छन् । सुजन बाबु गुरुङको निर्देशन रहेको भिडियोमा तिहारको समयमा दिदीबहिनीमा दाजुभाई हुँदा र नहुँदा हुने गतिबिधि र मनोभाव देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित